माया लाग्छ मलाई (कविता)
माया लाग्छ मलाई तिम्रो धेरै–धेरै
यी वनपाखा डाडापाखाहरु सबैको
अल्झे म तिम्रो त्यो मिठो मुस्कानमा
ठट्टा नगर प्रिय तिमीलाई खोज्दैछु मेरो दिलमा
तिमी बिर्सी गयौ यो मनले सम्झिरह्यो
दैवको लिला हो यो संयोगले तिमीसँग भेट भयो
कता होला तिम्रो घर कहाँ जन्म भयो होला
एकास्सी भेटे मैले मुटुमा हलचल भयो होला
माया लाग्छ मलाई तिम्रो धेरै धेरै
यो समयमा हुन्छ भेट तर समय भयो थोरै
आकाशका तारा टिप्छु भन्ने जोशको यो आवाज सुनायौ
मायामा फसाएर मलाई एक्लो बस्न गाह्रो बनायौ
सम्झनामा आयौ तिमी साथ रहोस् सधै
माया लाग्छ तिम्रो मलाई सधै सधै
–गोबिन्द राज ओझा, दिपायल सिलगढी नगरपालिका–२ डोटी