सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहे गर्दै सौगात र सृष्टि

२०७८ फाल्गुन २३, ११:४४ खबर संवाददाता

काठमाडौं : अभिनेता सौगात मल्ल र अभिनेत्री एवं पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ अब छिटै नै बिहे गर्ने भएका छन्। केही वर्षदेखि रिलेसनसिपमा रहेका उनीहरुले आगामी वर्ष २०७९ मा लगनगाँठो कस्ने भएका हुन्।

हालै लण्डनबाट नेपाल आएका सृष्टिका बुवाआमा र सौगातबीच भेट भइसकेको र आउँदो वर्ष विवाह गर्ने तय भएको सृष्टिले बताएकी हुन्। केही फिल्ममा स्क्रिन सेयर गरिसकेका उनीहरुले हालै ‘राधाः द सिक्रेट’ फिल्म निर्माणमा समेत सहकार्य गरेका छन्। 

कमेन्ट लोड गर्नुस