प्रहरी हिरासतमा रहेका पल शाहलाई गैंडाकोट पुर्याइयो
धनगढीः नाबालिग गायिका बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा पुर्याइएको छ। किशोरीले आफूलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गराएको २ सातापछि तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार प्रहरी कार्यालय गैंडाकोटमा ल्याएको प्रहरीले जानकारी दिएको छ।
बुधबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ। नाबालिक गायिकाले फागुन १६ गते गैंडाकोट प्रहरीमा मुद्दा दर्ता गराएकी थिइन्। जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले तनहुँ प्रहरीलाई गत आइतबार पत्र पठाउँदै अनुसन्धानका लागि पल शाहलाई पठाइदिन पत्राचार गरेको थियो।