सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बुलाकी’को फर्स्टलुक सार्वजनिक, कर्णाली लुक्समा सुरक्षा

२०७८ फाल्गुन २५, १०:५० खबर संवाददाता

काठमाडौं : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र ‘बुलाकी’ को फर्स्टलुक सार्वजनिक गरिएको छ। जसमा टीका लगाएकी अभिनेत्री सुरक्षा पन्त रिसाएको भावमा छड्के नजरले कसैलाई हेरिरहेकी छिन् भने पछ्यौरीको एक फेरो मुखमा पुर्याएकी छिन्। सुरक्षालाई कर्णाली भेगकी महिलाको रूपमा देखाइएको छ। 

डोल्पा, जाजरकोट र रुकुममा खिचिएको चलचित्रमा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ। केही समयपछि टिजरसँगै फिल्मको रिलिज मिति पनि सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

कमेन्ट लोड गर्नुस