ओली भेट्न बालकोट पुगिन् करिश्मा
काठमाडौंः अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय नेकपा एमालेसँग नजिकिएकी छन्। विकास र समृद्धिको एजेण्डा केपी ओलीमा मात्रै देखिएको भन्दै करिश्मा एमालेप्रति आकर्षित भएकी हुन्।
ललितपुर झरुवारासीकी स्थायी बासिन्दा करिश्माले ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद नवराज सिलवाल र एमालेकै अर्की सांसद गंगा चौधरी सतगौंवासँगै गएर विहीबार अध्यक्ष ओलीसँग भेट गरेकी छन्। बालकोटमा भएको भेटमा ओलीले करिश्माको पढाइको बारेमा समेत चासो राखेका थिए। १२ कक्षा पास गरेको दिन ओलीले करिश्मालाई फोन गरेर बधाई दिएका थिए। जसको खुसी उनले फेसबुकमा व्यक्त गरेकी थिइन्।
करिश्मा केही समय बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागे पनि त्यसपछि उनी कुनै दलमा आबद्ध छैनन्। करिश्माको एमाले प्रवेशबारे निर्णय भने भएको छैन।