डडेल्धुराका पनेरुको ‘खोली गोगन’ सार्वजनिक
धनगढीः डडेल्धुराका टेकराज (टिआर) पनेरुको ‘खोली गोगन’ गीत सार्वजनिक भएको छ। डडेल्धुराका जिल्लाको पोखरास्थित जोशी गाउँ निवासी पनेरुको स्वरमा रहेको उक्त लोक डेउडा गीत बुधबार सार्वजनिक भएको हो।
पनेरुले उक्त गीत आफ्नै युवट्युव च्यानल टिआर म्युजिक एण्ड फिल्मसमा सार्वजनिक गरेका हुन्। गीतमा पनेरुकै शब्द र संगित रहेको छ। यस्तै उक्त गीतको म्युजिक भिडिओमा दीपक संगम बिसी र रोजी कुँवरको अभिनय रहेको छ। पनेरु डडेल्धुराकै विजयासैनी माद्यमिक विद्यालयका शिक्षक पनि हुन्।