सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाह प्रकरणमा जे पायो तेही बोल्ने महिला पक्राउ

२०७८ चैत्र ५, १०:५३ खबर संवाददाता

काठमाडौं: पल शाह प्रकरणमा नानाथरी अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन्। 

अभिनेता पल शाहले नाबालिगमाथि बलात्कार गरेको भन्दै उजुरी परेपछि रेखाले सो पीडित नाबालिगको समर्थनमा फेसबुकमा स्टेटस लेखेकी थिइन्। सोही स्टेटसमा वाइबाले रेखाविरुद्ध गालीगलौजको शब्द प्रयोग गर्दै कमेन्ट गरेकी थिइन्। त्यसपछि रेखाले प्रहरीमा उजुरी दिएकी थिइन्।

आफूलाई सामाजिक अभियन्ता बताउने उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस