प्रकाश सपुतको ‘पीर’ गीत युट्युब च्यानलबाट हटाइयो
दृश्य सम्पादन गरियो
काठमाडौंः गायक प्रकाश सपुतले एक साताअघि ल्याएको आफ्नो नयाँ गीत ‘पीर’ युट्युब च्यानलबाट हटाएका छन्। शनिबार साँझसम्म एक सातामै एक करोड ४ लाखभन्दा बढी भ्युज पाएको पूरानो गीतलाई हटाएर दृश्य सम्पादन गरेर लाइभ प्रिमियर गरेका छन्।
नेकपा माओवादीका नेता तथा कार्यकर्ताको चौतर्फी विरोधपछि गायक सपुतले युट्युबबाट गीत हटाउन बाध्य भएका छन्। किनकि यसअघि नै पटक पटक दबाब र विज्ञप्ति नै लेखेर युट्युबबाट गीत हटाउन निर्देशन दिइएको थियो। यद्यपि, एक सातासम्म माओवादी नेता तथा कार्यकर्ताको दबाबलाई बेवास्ता गरेका सपुतले शनिबार साँझ दृश्य सम्पादन गरेर पुनः भिडियो अपलोड गरेका छन्।
दृश्य सम्पादनमा करिब १ मिनेटको भिडियो काटिएको छ। भिडियोमा यसअघि देखिएको पुलमाथि यौनकर्मीको दृश्य पूर्ण रुपमा हटाइएको छ।