मन्त्री आले र सलमानबीच संवाद हुने
काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानले नेपालको पर्यटन प्रवर्द्धनबारे छलफल गर्ने भएका छन्। यसैसाता हुने भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुनेछन्।
सलमानलाई नेपाल ल्याउन लागेको ओडीसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै भर्चुअल छलफल हुन लागेको जनाएको छ। आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे छलफल हुन लागेको हो।