शासक र शासन कहिले बदलिने ? (कविता)
दशरथ धामी, हाम्रो देशका शासक बदलिए।
हाम्रो देशका सिंहदरबार बदलिए।
तर, शासन गर्ने कला कहिल्यै बदलिएन।
हाम्रो देशका कानून, संविधान र नीति मात्र बदलिए।
तर, सिंहहरु कहिल्यै बदलिएनन्।
त्यसैले अचेल पनि उराठ लाग्दछ मलाइ।
ती शासकहरूको चाला देखेर।
कसले बदल्ने अब, कसले शासन गर्ने यो देशमा।
अब फेरि आउँदैउदै छ पालो।
तपाइको दरबारको सिंह छान्ने पालो।
म, हामी सबै मिलेर अघि बढ्नुपर्छ।
स्वाभीमान कुशल नेतृत्व चयन गर्ने पालो हाम्रो।
फेरि म चिन्तामा छु।
किन हो किन।
फेरि उही कथा उही रोल हुने होकि भनेर।
तर, हामी बदलियौ।
शासक बदलिएनन्।
किन हो अझै पनि नबदलिने।
शासक र शासन कहिले बदलिने ?