सुदूर नेपाललाई विश्वसँग जोड्दै

पलको बयानः गायिकाले स्वीकार्नुपर्छ भनिन्, मैले विवाह गरौंला भनेको हुँ

२०७८ चैत्र ९, ०५:०५ खबर संवाददाता

धनगढीः बलात्कारको आरोप लागेका कलाकार पल शाहले आफुमाथि बलात्कारको आरोप लगाउने नाबालिक गायिकासँग विवाह गर्छु भनेको स्वीकार गरेका छन्। उनले गायिकासँग असोज २२ गते भेट, चिनजान भएको बताएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय तनुहँमा दिएको बयानमा पलले फोन नम्बर आदान प्रदान भइ फोन तथा सामाजिक सञ्जाल म्यासेन्जरमा कुरा हुने र म्युजिक भिडियो सुटिङ गर्ने क्रममा आफूहरु विभिन्न स्थानमा गएर बस्ने गरेको बताएका छन्। उनले बयानमा पीडित नाबालिकाले ०७८ सालको जेठ महिनाको अन्तिममा फोन गरी तपाइँ र मेरो सम्बन्ध अरुले थाहा पाए मलाई गाह्रो भयो। मेरो महिनावारी रोकियो भनेको पनि बयानमा खुलाएका छन्।

पलले बयानमा भनेका छन्,“आरोप लगाउनेले तपाइँले मलाई स्वीकार्नु पर्छ भन्ने समेतको शब्दहरु म्यासेजमा मलाई प्रेसित गरेकी थिइन्, ०७८ सालको असार महिनामा काठमाण्डौको वानेश्वरमा पीडित, पीडितको आमा, गायन क्षेत्रका दुर्गेश थापा, सरोज ओली, योगेश काजी, मेरो मेनेजर कृष्ण जोशी र म समेत भई छलफल गर्ने क्रममा पीडित पक्षले मलाई पीडितलाई तिमीले विवाह गर्नु पर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछी विवाह गरौंला, अहिले केटीको उमेर पुगेको छैन भनेको थिएँ।”

पलविरुद्ध नाबालिक गायिकाले जिल्ला प्रहरी कार्यालय तनुहँ र ईलाका प्रहरी कार्यालय गैडाकोटमा बलात्कार गरेको भन्दै जाहेरी दिएका छन्। 

कमेन्ट लोड गर्नुस