सलमान खानको कार्यक्रममा टिकटको मूल्य २५ हजारसम्म
धनगढी : सलमान खानको कार्यक्रममा टिकटको मूल्य २५ हजारसम्म रहेको छ। बलिउड अभिनेता सलमान खानको काठमाडौंमा तय भएको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले गरेको हो।
कार्यक्रमका लागि आयोजकले ४ थरीको टिकट विक्री गर्ने जानकारी दिएको छ। जसअनुसार ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन्।
यी टिकट चाँडै नै स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिनेछ आयोजकले बताएको छ।