सुदूर नेपाललाई विश्वसँग जोड्दै

मञ्जूलाई ‘मिसेस ब्यूटी क्विन’ को उपाधि

२०७८ चैत्र १३, ११:५७ रासस

काठमाडौँ : सिजन मिडियाद्वारा आयोजित ‘लेट मि इन मिसेस ब्यूटी क्विन २०७८’ को उपाधि काठमाडौँको गोठाटारकी मञ्जू डोटेलले हात पारेकी छिन्। बाह्र प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल डोटेलले पपुलर र मल्टिमिडिया अवार्डसमेत जितेकी छिन्।

शनिबार राति काठमाडौँमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फस्ट रनरअप र पोखराकी दुर्गा लामिछाने सेकेण्ड रनरअप हुन सफल भए। प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमशः थर्ड र फोर्थ रनरअप हुन सफल भए भने मीना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गरेका छन्।

अन्तिम प्रतिस्पर्धामा निरु सिंहले इलिगेन्स अवार्ड, सविता पोखरेलले ब्यूटिफुल स्किन, सावित्री पाण्डेले भ्युअर च्वाइस, सुमिता तामाङ गुरुङले इनोसेन्ट, दुर्गा लामिछाने र इन्टेलिजेन्स अवार्ड प्राप्त गरे। यस्तै सविना आले मगरले फेसनेवल, रुपा परियारले मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले  डिसिप्लिन, सीता पाण्डेले वेष्ट वाक, प्रेरणा सिंजापति बरालले फोटोग्राफिक, मीना श्रेष्ठले वेष्ट पर्सनालिटी अवार्ड प्राप्त गरेका छन्।

कूल २० प्रतिस्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिस्पर्धामा सहभागी भएका सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए। गत फागुनमा १५ बाट सुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो। 
 

कमेन्ट लोड गर्नुस