सुदूर नेपाललाई विश्वसँग जोड्दै

उच्च अदालतले माग्यो पल शाहलाई थुनामा राख्नुको कारण

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र १६, ०२:०७ खबर संवाददाता

काठमाडौँः उच्च अदालत पोखराले पल शाहलाई थुनामा राख्ने आदेशबारे जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरेको छ। बुधबार शाहको पुनरावेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पल शाहको आदेश बारे कैफियत प्रतिवेदन झिकाउन आदेश दिएका हुन्। 

यसअघि गत बिहीबार जिल्ला अदालत तनहुँले शाहलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा गएका हुन्। बुधबारको सुनुवाइपछि थुनामा राख्न गरिएको आदेश बारे जिल्ला अदालतसँग कैफियत प्रतिवेदन माग गरिएको शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।

‘शाहलाई के कति कारणले थुनामा राखिएको हो। कैफियत प्रतिवेदन पठाउनु भनेर जिल्ला अदालतलाई उच्च अदालतले आदेश दिएको छ’, वाग्लेले भने। नाबालिग गायिका बलात्कारको आरोपमा शाहलाई जिल्ला अदालतले थुनामा पठाएको छ। उनीविरुद्ध नवलपरासी पूर्वमा पनि मुद्दा दर्ता छ। तर त्यहाँ भने थुनछेक बहस नै हुन बाँकी छ।

कमेन्ट लोड गर्नुस