सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘शमशेर’मा हिमेश र सुमनको यस्तो लुक्स सार्वजनिक

२०७८ चैत्र १६, ०५:०५ खबर संवाददाता

काठमाडौंः मनिष राउत र गौरव पहारीको मुख्य भूमिका रहने फिल्म ‘शमशेर’मा कमेडियन हिमेश पन्त र अभिनेता सुमन गौतम अनुबन्धित भएका छन्। फिल्म निर्माण युनिटले उनीहरुको पात्र लुक्स सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। प्रमुख महिला अभिनेत्रीको भने खोजी भइरहेको जनाइएको छ।

एक्सन जनरामा निर्माण गरिने यो फिल्ममा एभरेस्ट फिल्म एकेडेमी र डीआर डेनिम ब्यानरको लगानी हुनेछ। फिल्ममा हिमेश र सुमनको भूमिकाबारे उल्लेख नगरिएपनि उनीहरुको चरित्रबारे संकेत गरिएको छ। काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा छायांकन गरिने फिल्ममा सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ।


 

कमेन्ट लोड गर्नुस