सुदूर नेपाललाई विश्वसँग जोड्दै

तर, प्रहरीको अगाडि झुके पुष्पा

२०७८ चैत्र २४, ०५:१० खबर संवाददाता

काठमाडौँ: अल्लु अर्जुनको चलचित्र पुष्पामा डायलग थियो, ‘झुकेगा नही।’ तर उक्त लोकप्रिय डायलग बोल्ने पुष्पा अर्थात अर्जुन प्रहरीसामू भने झुकेका छन्। 

उनी हैदरावाद पुलिसको अगाडि झुकेका हुन्। हैदरावादमा आफ्नो गाडीमा सवार अल्लु अर्जुनलाई पुलिसले रोकेर सात सय रुपैयाँको चलान काटेको हो। उनले गाडीमा कालो सिसा प्रयोग गरेपछि स्थानीय पुलिसले उनलाई कारबाही गरेको हो। 

भारतमा गाडीमा कालो सिसा लगाउन पाइदैन्। हैदरावाद पुलिसले उनलाई केही समय रोकेर चलान काटेपछि मात्र छाडेको थियो । 

कमेन्ट लोड गर्नुस