सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ए मेरो हजुर ४’बाट हटाइयो दुर्गेश थापाको दृश्य

२०७८ चैत्र २४, ०७:४३ खबर संवाददाता

धनगढी : आगामी बैशाख १ गते रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘ए मेरो हजुर ४’बाट मोडल दुर्गेश थापाको दृश्य हटाइएको छ। पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापाको नाम समेत मुछिएकाले उनको दृश्य हटाइएको हो। 

दुर्गेशको डेढ मिनेट लामो केमियो दृश्यलाई हटाएको निर्माता सुनिलकुमार थापाले बताएका छन्। वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको उनले बताए।

कमेन्ट लोड गर्नुस