सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली पाइलटले खेले अमिताभ बच्चनसँग फिल्म

२०७८ चैत्र २५, ०४:४६

काठमाडौं: बलिउड फिल्म ‘उचाइ’मा नेपाली पाइलटले पनि अभिनय गरेका छन्। नेपालका पर्यटकीय थलोमा सुटिङ भएको फिल्ममा  पाइलट विवेक खड्का पनि देखिने भएका हुन्। 

मुम्बईको राजश्री स्टुडियोमा सुटिङ भइरहेको फिल्ममा अमिताभको दृश्य छायांकन भइरहेको छ। नेपालमा छायांकन हुँदा फिल्म क्रुलाई उडानमा साथ दिएका खड्का फिल्मको हिस्सा बनेका हुन्। उनलाई निर्माण कम्पनी राजश्री फिल्मले मुम्बईमै बोलाएर सुटिङ गराएको छ।

मुम्बईको भव्य सेटमा हेलिकप्टर पाइलटकै रुपमा खड्काले अभिनय गरेका छन्, जहाँ उनले बलिउड महानायक अमिताभ बच्चनसँग स्क्रिनमा देखिएका छनछायांकनको तस्वीर उनले इन्स्टाग्राममा सेयर गरेका छन्।
 

कमेन्ट लोड गर्नुस