बलिउड अभिनेत्री सोनमको घरबाट गर–गहना र नगद चोरी
२०७८ चैत्र २६, ०६:३२
काठमाडौंः बलिउड अभिनेत्री सोनम कपूरको घरमा चोरीको भएको छ। उनको दिल्लीस्थित घरबाट करोडौंको गर–गहना र नगद चोरी भएको हो। सार्वजनिक रिपोर्टका अनुसार दिल्लीस्थित अमृत शेरगिलमार्गमा रहेको सोनम–आनन्दको घरबाट २ करोड ४ लाख बराबरको गर–गहना र नगद चोरी भएको छ।
यो घटना गत फेब्रुअरीको हो। २३ फेब्रुअरीमा दिल्लीस्थित तुगलक रोड थानामा उजुरी दिइएको थियो, भने २३ फेब्रअरीमा दिल्ली पुलिसले एफआईआर दर्ता गरेको थियो।
कमेन्ट लोड गर्नुस