सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमान खानका लागि १५ सय सुरक्षाकर्मी !

२०७८ चैत्र २७, ०५:१९ खबर संवाददाता

काठमाडौंः कन्सर्टका लागि नेपाल आउन लागेका बलिउड अभिनेता सलमान खानको सुरक्षाको लागि आयोजकले सरकारसँग १५ सय जना सुरक्षाकर्मी माग गरेको छ। आयोजक संस्था ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले गरुड सेक्युरिटी फर्मका ७०० सेक्युरिटी गार्ड पनि सुरक्षामा खटिने बताए। कार्यक्रममा २०० स्वयंसेवक परिचालन हुने जनाइएको छ।

सलमानको व्यक्तिगत सुरक्षा भने मुम्बईबाटै आउने उनका अंगरक्षकले गर्नेछन्। आयोजकले सलमानलाई सात जना पीएसओ प्रदान गर्ने तयारी गरेको छ। जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ रिलोडेड टुर’का लागि सलमान काठमाडौं आउन लागेका हुन्।

कमेन्ट लोड गर्नुस