सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमान खानका भाइ भेट्न सोल्टी होटल पुगे मन्त्री आले

२०७९ वैशाख १, ०२:५७ खबर संवाददाता

काठमाडौंः बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौं आएका छन्। काठमाडौंमा आउँदो महिना आयोजना हुने सलमान खानको कन्सर्टको तयारीका लागि सोहेल आएका हुन्। कन्सर्टका विषयमा जानकारी गराउन आज सोल्टी होटलमा पत्रकार सम्मेलन राखिएको छ। पर्यटनमन्त्री प्रेम आलेले पत्रकार सम्मेलन स्थलमै पुगेर सोहेल खानसँग भेटेका छन्।

पत्रकार सम्मेलन सुरु हुनुभन्दा अगाडि पुगेका आलेले सोहेलसँग फोटो खिचाएर फर्केका थिए। उनी पत्रकारहरुसँग बोलेनन्। सोहल खानको पत्रकार सम्मेलन भने जारी छ।

कमेन्ट लोड गर्नुस