रणवीरको जुत्ता लुकाएका सालीहरुले ११ करोड मागे
काठमाडौं: गत हप्ता बलिवुड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टको विवाह भएको थियो। उक्त विवाहमा नजिकका आफन्तलाई मात्रै बोलाइएको थियो। बिहे सम्पन्न भएपछि बिहेबारे विभिन्न रोचक कुरा बाहिर आइरहेका छन्। आलियाका साथी तथा दिदीबहिनीहरुले रणवीरको जुत्ता लुकाउँदा मागेको पैसाबारे पनि अहिले चर्चा भइरहेको छ।
हिन्दुस्तान टायम्सकाअनुसार आलियाका साथी तथा दिदीबहिनीहरुले जुत्ता लुकाएवापत ११ करोड ५० लाख भारतीय रुपैयाँको माग गरेका थिए। तर रणविरले उनीहरुलाई खाममा हालेर १ लाख रुपैयाँ दिएका छन्।
रणवरिलाई आलियाको परिवारले २ करोड ५० लाख बराबरको घडी उपहारमा दिएका छन्।