आमा बनिन् काजल
काठमाडौंः काजल अग्रवाल र पति गौतम किचलुले मंगलबार आफ्नो पहिलो सन्तानलाई स्वागत गरेका छन्। काजलकी बहिनी निशाले इन्स्टाग्राम स्टोरीमा तस्बिर राखेकी छन्। उनले लेखेकी छिन्,‘यो खुसीको दिन हो। म तपाईंहरू सबैसँग केही विशेष समाचार साझा गर्न पर्खन सक्दिन।’ पछि इन्डियन एक्सप्रेसले उनको हवाला दिँदै छोरा जन्मिएको उल्लेख गरेको छ।
गर्भवती हुँदा काजलले आफ्नो मातृत्व यात्राबारे प्रशंसकहरूसँग लगातार अपडेट गरिरहेकी थिइन्। उनको अन्तिम पोस्ट उनको श्रीमान् गौतम किचलुलाई समर्पण थियो। उनले, ‘यति निस्स्वार्थ भएकोमा धन्यवाद, मेरो गर्भावस्था बेला लगभग हरेक रात मसँग उठ्नुभएकोमा, मसँग हप्तासम्म सोफामा क्याम्पिङ गरेकोमा किनकि त्यो मेरो लागि सुत्ने सबैभन्दा सहज ठाउँ थियो। कहिल्यै केहीमा नहिचकिचाई मलाई राम्रो महसुस गराउनुभएकोमा, मेरो हेरचाह गरेकोमा र अन्तमा सबै कुरामा मलाई माया गरेकोमा।’
काजल अग्रवाल प्रख्यात तमिल र तेलुगु अभिनेत्री हुन्। उनले सन् २००४ मा ‘क्यू हो गया ना’ चलचित्रबाट बलिउडमा डेब्यू गरेकी थिइन्। उनले पछि अजय देवगनको सह(अभिनेता भएर ‘सिंघम’, अक्षय कुमारसँग ‘स्पेशल २६’ र ‘दो लफ्जों की कहानी’ जस्ता हिन्दी फिल्महरूमा अभिनय गरिन्। अब ‘आचार्य’, ‘पेरिस पेरिस’ र कमल हसनको ‘इन्डियन २’ मा उनी देखिने छिन्।