आज छन्द दिवस मनाइँदै
काठमाण्डौँः आज छन्द दिवस मनाइँदैछ। साहित्य क्षेत्र खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।
पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा आजकै दिन अभियान सुरु गरेको थियो। त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको हो।
साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न साहित्य प्रेमीहरुले दिवसलाई महत्वका साथ मनाउने गर्छन्। छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ। छन्दको सबैभन्दा प्रचलित प्रयोग पिङ्गल हो।