सुदूर नेपाललाई विश्वसँग जोड्दै

केकीसँग बिहे गर्न लागेका रोहित भारतीय नागरिक, लकडाउनदेखि प्रेम

२०७९ वैशाख ८, १२:३२ खबर संवाददाता

धनगढीः अभिनेत्री केकी अधिकारी आजबाट विवाह बन्धनमा बाँधिदै छिन्। व्यवसायी रोहित तिवारीसँग उनले बिहे गर्न लागेकी हुन्। रोहित र केकी केही वर्षयता प्रेम सम्बन्धमा थिए। तर, यसबारे परिवार र उनीहरूका सीमित साथीलाई मात्र थाहा थियो।  

को हुन् रोहित ?

रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत र फुडमारियोको सहसंस्थापक हुन्। उनी इलेक्ट्रोनिक्स तथा कम्युनिकेसनका विद्यार्थी हुन्। रोहित निकट साथीका अनुसार उनी भारतीय नागरिक हुन्।

केकी र रोहित २०७७ सालदेखि प्रेम सम्बन्धमा छन्। दोस्रो लकडाउनमा रोहितले केकीलाई प्रेम प्रस्ताव गरेका थिए। त्यसयता उनीहरू प्रेम सम्बन्धमा रहेको रोहितका ती साथीले बताए। उनीहरूबीचको वैवाहिक समारोह काठमाडौंको धापासीस्थित ग्राण्डी भिल्ला अपार्टमेन्टमा हुँदैछ। 


 

कमेन्ट लोड गर्नुस