वर्षा सिवाकोटीले गरिन् प्रेमी गेलालसँग विवाह
२०७९ वैशाख ९, ०६:०१
काठमाडौंः अभिनेत्री वर्षा सिवाकोटीले विवाह गरेकी छन्। अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा वर्षाले विवाह गरेकी हुन्।
वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए। आशिष अमेरिकामा इन्जिनियर छन्। एक महिनाअघि मात्रै अमेरिका पुगेर फर्केकी वर्षाले त्यहाँबाट आएपछि विवाह गरेकी हुन्।
कमेन्ट लोड गर्नुस