सुदूर नेपाललाई विश्वसँग जोड्दै

कबड्डी ४ ले तोड्यो रेकर्ड

२०७९ जेठ १४, ११:२४ खबर संवाददाता

काठमाडौं:  चलचित्र ‘कबड्डी ४’ ले आक्रामक ओपनिङ गरेको छ। पहिलो दिन शुक्रबार चलचित्रले व्यापारको नयाँ कीर्तिमान रच्यो। कबड्डी–४ लाई मल्टिप्लेक्स हलले उच्च शो दिएका थिए। सोहीअनुसार दर्शक पनि ओइरिएपछि सुखद् सुरुवात गरेको हो। 

रामबाबु गुरुङ निर्देशित यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ। अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो पाएका थिएनन्। पहिलो दिन सबै शोहरु हाउसफुल भए। कबड्डी ४ ले पहिलो दिन साढे २ देखि ३ करोड रुपैयाँ कलेक्सन गरेको बताइएको छ। 

शुक्रबार देशभरका साना–ठूला सबै हल हाउसफुल भए। 

कमेन्ट लोड गर्नुस