सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रत्येक परिवारलाई विद्युतीय चुलो वितरण गरिने

२०७९ जेठ १५, ०६:२८ खबर संवाददाता

काठमाडौं: सरकारले स्थानीय तहमार्फत प्रत्येक परिवारलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।

उनले विद्युतको पहुँच नपुगेका स्थानीय तहमा धुँवामुक्त भान्छाका लागि सुधारिएको चुलो वितरण गरिने जनाए। अर्थमन्त्री शर्माले सहरी क्षेत्रमा लैंगिकमैत्री सार्वजनिक शौचालय बनाइने बताए। उनले वडा तहमा महिला सचेतना, महिला अधिकारका लागि छलफल गर्न महिला सभा आयोजना गरिने पनि जनाएका छन्।

कमेन्ट लोड गर्नुस