सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कबड्डी ४’ले पाँच दिनमै कमायो १० करोड ग्रस

२०७९ जेठ १८, १२:०७ खबर संवाददाता

काठमाडौं: ‘कबड्डी ४’ले पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ। पहिलो सप्ताहन्त ८ करोड रुपैयाँ ग्रस ओपनिङ गरेको फिल्मले सोमबार र मंगलबार दुई करोड रुपैयाँ ग्रस कमायो। बुधबार पनि ‘कबड्डी ४’को अकुपेन्सी मुख्य मल्टिप्लेक्समा ८० प्रतिशत कायम छ। 

सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान चाहिं ‘छक्कापञ्जा ३’सँग छ। छक्कापञ्जाको तेस्रो श्रृंखलाको कुल कमाइ १६ करोड रुपैयाँ ग्रस छ।

कमेन्ट लोड गर्नुस