देशभर थप १६ जनामा कोरोना संक्रमण
काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुई हजार १८४ नमुना परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको हो। ९५७ पीसीआर परीक्षणमा ८ जना र एक हजार २२७ एन्टिजन परीक्षणमा पनि ८ जना नै संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या भने ९ रहेको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११० रहेको छ।