सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिक्किममा ‘कबड्डी ४’लाई प्रतिबन्ध गराउन माग

२०७९ जेठ २२, ०४:५८ खबर संवाददाता

काठमाडौं: भारतको सिक्किममा चलचित्र ‘कबड्डी ४’ लाई प्रतिबन्ध लगाउन माग भएको छ। सिक्किम्मका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका हुन्। उनले फिल्मको प्रदर्शन बन्द नगरे सडक संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन्। 

केही समयअघि फिल्मकै अभिनेत्री मिरुना मगर र बौद्ध धर्मका भिक्षु फुर्पा तामाङबीच विवाद भएको थियो। उक्त विवाद चर्किँदै जाँदा सिक्किमा फिल्मलाई प्रतिबन्द लगाउन माग भएको छ।

कमेन्ट लोड गर्नुस