सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय अभिनेता धर्मेन्द्र मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना

२०७९ जेठ २४, ०५:५५ खबर संवाददाता

एजेन्सी: भारतका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति नाजुक भएको बताइएको छ। उनलाई ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ। 

स्रोतले धर्मेन्द्रको निकै नजिकको स्रोतले यस्तो बताएको जानकारी दिएको छ। यद्यपि, हालसम्म परिवारको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन। उनका दुबै छोरा (सनी र बबी देओल) उनलाई निकै गोप्य तरिकाले अस्पतालमा भेट्न गइरहेको बताइएको छ।

अघिल्लो महिना पनि भर्ना भएका थिए

अघिल्लो महिना मेको सुरुवाती हप्तामा पनि धर्मेन्द्रले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए। यसमा उनले थोरै लापरवाहीका कारण समस्या देखिएको बताएका थिए। अब एकपटक पुनः ८६ वर्षका धर्मेन्द्रको स्वास्थ्यमा समस्या देखिएको छ।

‘अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए

एक महिना अघि मात्रै धर्मेन्द्र आफ्नो नयाँ फिल्म ‘अपने–टु’ को सुटिङका बेला घाइते भएका थिए। यतिबेला पनि उनलाई ब्रिच क्यान्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो. यसबारे अभिनेता आफैँले सोसल मिडियामार्फत् जानकारी दिएका थिए।

कमेन्ट लोड गर्नुस