कैलालीका स्वास्थ्य सस्थामा विरामीको संख्यामा वृद्धि
केहि दिनदेखि बढेको गर्मी संगै विभिन्न रोग लागेर कैलाली जिल्लाका सरकारी र निजि अस्पतालहरुका विरामीको संख्या ह्वात्तै बढेको छ । गर्मी मौसम सुर भएसंगै भाईरलका विरामीहरुको संख्यामा वृद्धि भएको हो । गर्मीका कारण सेति अञ्चल अस्पतालमा मात्रै दैनिक ढाई सयको हाराहारीमा विरामीहरु आउने गरेका छन् ।
मौसममा आएको परिर्वतनका कारण कैलाली जिल्लामा पनि भाईरल ज्वरोका विरामीको सङख्या वढेको हो । गर्मी सुरु भएसंगै झाडापखाला, टाईफाईड, मलेरिया र अन्य मौसमी विरामीको सङख्या स्वास्थ्य संस्थाहरुमा बढ्दै गएको हो । बुवालाई झाडापखाला लागेपछि सेती अञ्चल अस्पतालमा उपचारका लागि ल्याएको उर्माका रामकृष्ण चौधरीले वताए ।
गर्मी आएपछि झाडा पखला लाग्ने, पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्या लिएर स्वास्थ्य सस्थामा विरामीहरु पुग्ने गरेका छन् । अस्पतालमा विरामीको चाप बढ्दै गएपछि स्वास्थ्य सस्थाहरुलाई शैया अभावले उपचारमा समस्या भएको छ ।
गर्मीपछि जाडो आउँदा होस वा जाडोपछि गर्मी आउदाँ भाईरल जन्य रोगले सताउने गर्दछ । अन्य स्थानमा भन्दा गर्मीको बेला तराईका जिल्लामा मलेरियाको समस्या बढि हुने गरेको छ । अस्पतालमा विरामीहरु व्ढ्दा उपचार गर्न पनि कठिनाई भईरहेको सेती अञ्चल अस्पतालको ईमर्जेन्सी वार्डका ईन्चार्ज कृष्ण बोहराले वताए ।
गर्मीले बालबालिका र बृद्धबृद्धाहरु बढि प्रभावित भएका छन् । गर्मीमा प्रशस्त मात्रामा पानी पिउन सके विरामीको संख्यामा आधा भन्दा बढीले कमी आउन सक्ने चिकित्सकहरुको दावी छ । यस्तो स्थितिमा उमालेको पानी खाने, सडकका खानेकुरा नखाने, बढी भीडभाड भएको ठाउँमा नजाने, माक्सको प्रयोग गर्ने जस्ता सुरक्षाका उपाय अपनाउन सके सुरक्षित रहन सकिने सेती अञ्चल अस्पतालका डाक्टर आरिभ केसीले वताए ।