सुदूर नेपाललाई विश्वसँग जोड्दै

अश्लिल दोहोरी गाउने डेढ दर्जन कलाकारले माफी मागे 

फाइल फोटो
फाइल फोटो
२०७९ असार २०, ०१:१३ खबर संवाददाता

धनगढीः अश्लिल लाइभ दोहोरी गाउने करिब डेढ दर्जन कलाकारले माफी मागेका छन्। अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोपमा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले स्पष्टीकरण सहितको पत्र काटेपछि उनीहरुले माफी मागेका हुन्।

आइतबार राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको कार्यालयमा उपस्थित भएर उनीहरुले माफी मागेको प्रतिष्ठानका विकृति विसंगति रोकथाम कार्यदलका संयोजक शिव हमालले जानकारी दिए। ‘प्रतिष्ठानले अश्लिल गीत गाएको आरोपमा २० कलाकारलाई पत्र काटेर स्पष्टीकरण सोधेको थियो’ हमालले थपे ‘तीमध्ये केही बाहेक धेरैले स्पष्टीकरणसहित माफी मागेका छन्।
 

कमेन्ट लोड गर्नुस