निशुल्क स्वास्थ्य शिविर सञ्चालन
टीकापुर नगरपालिकाको आयोजनामा पाठेघर रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
नगरपालिकाको आयोजनामा अस्नेहरी र सोनाहफांटामा निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण, आङ खस्ने रोग र फिस्टुला रोगको परीक्षण र उपचार भएको छ ।
शिविरमा २ सय २४ जना महिलाले उपचार सेवा लिएका छन् । शिविरमा एक सय १७ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गरेका थिए ।
जसमा ४ जना शंकास्पद फेला परेकोले थप परीक्षणका लागि सेती अञ्चल अस्पताल पठाईएको छ । शिविरमा पाठेघर झरेका २१ जनाको रिङ राखिएको छ ।
६ जना पाठेघर खसेका महिलालाई शल्यक्रिया गर्न सेती अञ्चल अस्पताल पठाईएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका पब्लिक हेल्थ नर्स तथा आमा तथा नवजात शिशु कार्यक्रमका फोकल पर्सन तारा तामाङले बताईन् ।