कैलाली घर भएकी ‘सोचेझैं जिन्दगी रैनछ’ गीतकी गायिकाले टुंग्याइन् संगीतयात्रा
दोस्रो बिहे गरेपछि अस्ट्रेलिया जाँदै
धनगढीः चर्चित गीत ‘सोचेझैं जिन्दगी रैनछ’ की गायिकाले सांगीतिक यात्रामा ब्रेक लगाएकी छन्। कैलालीको गौरीगंगा नगरपालिका घर भएकी गायिका मधु क्षेत्रीले सांगीतिक यात्रामा ब्रेक लगाएकी हुन्। दुई वर्षअघि उनले गाएको गीत ‘सोचेझैं जिन्दगी रैनछ’ चर्चित बनेको थियो। यो गीतकी चर्चित गायिकाले अब संगीतसँग सम्बन्ध विच्छेद गरेर स्थायी बसोबास गर्ने उद्देश्य लिएर अस्ट्रेलिया जान लागेको बताएकी छना्।
अहिले अस्ट्रेलियामा बसोबास गरिरहेका प्रेमी सुरेश खड्कासँग हालै विवाह गरेकी मुध उतै बस्ने गरेर जाने तयारीमा छन्। सिड्नीमा बस्दै आएका खड्का र मधु दुई जनाले हालै कानुनी बिहे गरेका छन्। पहिलो बिहे असफल भएपछि सिंगल उनले दोस्रो बिहे गरेकी हुन्। मधुका नयाँ श्रीमान संगीतकर्मी भने होइनन्। आफूलाई माया गर्ने स्वभावको भएको मधुले बताएकी छन्। हालैको एक अन्तर्वार्तामा मधुले आफूले गीत गाउन छाडिसकेको बताएकी छन्। ‘मैले संगीत क्षेत्रलाई छाडें। दुईवटा नाउमा खुट्टा राख्दा डुबिन्छ। अस्ट्रेलिया जानुअघि म यादहरु बोकेर जान्छु,’ उनी भन्छिन्।