पूजा शर्माले ‘पूर्वप्रेमी’लाई दिइन् गुरु पूर्णिमाको शुभकामना
काठमाडौंः आज गुरुपूर्णिमाको दिन नायिका पूजा शर्माले बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो ‘गुरु’लाई सम्झिएकी छन। उनले सम्झिएका गुरु अरु कोही नभएर निर्देशक सुदर्शन थापा हुन्। थापालाई आफ्नो जीवनको ‘आशिर्वाद’ भन्दै पूजाले आभार प्रकट गरेकी छिन्।
उनले अंग्रेजीमा लेखेको स्टाटसको नेपाली भावानुवाद यस्तो छः
तिमीले मलाई एटा शिक्षकजसरी सिकायौ, मेरो बुवाआमाजसरी संरक्षण गर्यौ र मेन्टरजसरी बाटो देखायौ। तिमीले साँच्चिकै आजको दिन धेरै डिजर्भ गर्छौ। तिमीले मलाई ठूलो सपना देख्ने सबै कारणहरु दियौ र त्यसलाई प्राप्त गर्ने स्रोत–साधन पनि। तिमी मेरो जीवनको आशिष हौ। म तिम्रो विद्यार्थी हुनुमा अनुग्रहित छु। तिमीले मेरो उत्कृष्टतामा पुग्ने चुनौति दिएकोमा र मभित्र सिक्न हुटहुटी पैदा गराएकोमा धन्यवाद छ। ह्याप्पी गुरु पूर्णिमा काजी।
सुदर्शन र पूजा लामो समयदेखि नेपाली चलचित्रमा सहकार्य गर्दै आएका छन्। खासमा पुजालाई चलचित्र क्षेत्रमा डोहो¥याएको सुदर्शनले हो। केही म्युजिक भिडियो खेलेकी पूजालाई सुदर्शनले चलचित्र ‘मधुमास’ मा लिड हिरोइन बनाएका थिए। त्योभन्दा ठीक अगाडि सुदर्शनको नायिका सुश्मा कार्कीसँग ब्रेकअप भएको थियो।
ब्रेकअपको पीडामा रन्थनिएका सुदर्शन पुजासँग छिट्टै अट्याच भए। त्यसपछि उनले निरन्तर आफ्ना फिल्ममा पुजालाई नै नायिका बनाइरहेका छन्। सुदर्शन र पुजा मिलेर केही फिल्म निर्माण पनि गरेका छन्। पुजाको नायक आकाश श्रेष्ठसँग हिमचिम बढेपछि सुदर्शनसँग उनको प्रेम टुटेको बताइन्छ। यद्यपि, आकाशलाई पनि पूजालाई बाइबाइ गरिसकेकी छन्।