सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेकै भन्दै ब्रेकअप

२०७९ असार ३१, ०३:५८ खबर संवाददाता

काठमाडौंः बलिउड अभिनेत्री जाह्नवी कपूरले आफ्नो ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेकै कारण ब्रेकअप गरेकी खुलासा गरेकी छन्। अभिनेत्री जाह्नवीले ‘कफी विद करण–सिजन ७’को दोस्रो एपिसोडमा यस्तो खुलासा गरेकी हुन्। करण जोहरको यस एपिसोडमा अभिनेत्री जाह्नवीसँगै अर्की अभिनेत्री सारा अली खान पनि थिइन्। त्यसोत, जाह्नवी र साला अली खान एक–अर्काको राम्रो साथी पनि हुन्।

अभिनेत्री जाह्नवीले ‘चिकन सलाद’ अर्डर नगरेकै कारण आफ्नो ब्वाइफ्रेण्डसँग ब्रेकअप गरेको बताइरहँदा सारा र करण जोहर भने निकै आश्चर्य चकित बनेका थिए। त्यस्तै जाह्नवीले सोही विषयलाई लिएर आफ्नो ब्वाइफ्रेण्डसँग निकै झगडा गरेको पनि खुलासा गरिन्।

उनले भने, ‘रिलेशन पनि तोडेकी थिँए तर, ६ घण्टापछि पुनः प्याचअप भएको थियो।’ उक्त शोमा जाह्नवीको ड्रेसिङ सेन्स र पर्सनालिटीबारे करणले खुलेरै तारिफसमेत गरेका थिए। त्यस्तै करणले जाह्नवीलाई सेक्सी र हटको ट्यागसमेत दिएका थिए।

कमेन्ट लोड गर्नुस