दार्चुलाको व्याँसमा कार्यरत करारका कर्मचारीको अवधि नथप्न आदेश
धनगढीः दार्चुलाको व्याँस गाउँपालिकाले करार कर्मचारीको अवधि नथप्न आदेश दिएको छ। गाउँपालिकाले शनिवार एक सूचना जारी गर्दै पालिका अन्तरगतका सम्पूर्ण शाखा तथा कार्यालयलाई उक्त आदेश दिएको हो।
गाउँ कार्यपालिकाको असार ३१ गते बसेको बैठकले सबै शाखा तथा कार्यालय अन्तरगत कार्यरत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णानन्द बडूले जानकारी दिए।