सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालो धनलाई सेतो बनाउन नसकेपछि गभर्नरमाथि आक्रमणः पोखरेल

२०७९ साउन ४, ०४:५९ खबर संवाददाता

काठमाडौँः  नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि सरकारले गभर्नरमाथि आक्रमण गरेको आरोप लगाएका छन्। अनलाइन सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले एम अधिकारीबारे पार्टी र स्वयं गभर्नर अधिकारीले प्रस्ट पारिसक्दा पनि आक्रमण नरोकिनु त्यसकै श्रृंखला भएको टिप्पणी गरेका हुन्।

एमालेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारी पनि रहेका छन्। उक्त नाम गभर्नर महाप्रसाद अधिकारीको हो भन्दै हालका सत्तारुढ दलका भ्रातृसंस्थाहरुले उनको राजीनामा माग गरिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गभर्नरले राजीनामा दिनुपर्ने बताइसकेका छन्।

सत्ता पक्षका सांसदहरुले पनि गभर्नरजस्तो व्यक्ति कुनै पनि राजनीतिक दलको सदस्य रहिरहनु नेपाल राष्ट्र बैंक ऐनविपरीत हुने भन्दै संसद्मा आवाज उठाइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस