सिन्धु मल्लको ‘देवर ज्यूको बिहे’ (भिडिओसहित)
धनगढी: लोकगायक बद्री पंगेनी र गायिका सिन्धु मल्ल १० वर्षपछि सँगै देखिएका छन्। उनीहरुको स्वरमा सजिएको नयाँ तीजको गीत ‘देवर ज्यूको बिहे’ शुक्रबार सार्वजनिक भएको हो।
गीतमा सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको पनि स्वर रहेको छ। भिडिओक सिन्धु मल्लको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। गीत सिन्धु मल्ल आफैले लेखेकी हुन् भने गीतमा संगीत सुदाम थापाले दिएका छन्। उक्त गीत निर्देशन समेत थापाले गरेका छन्। गीतको कोरियोग्राफी चर्चित निर्देशक शिव विकले गरेका छन्।