अल्लु अर्जुनको पुष्पा २ बन्दै
काठमाडौं: साउथ इण्डियन चलचित्र ‘पुष्पा–द राइज’ बक्स अफिसमा आक्रामक व्यापार गर्न सफल चलचित्र मानिएको छ। ‘पुष्पा–द राइज’ पछि निर्माताले ‘पुष्पा– द रुल’ बनाउँदैछन्।
पुष्पा २ मा अल्लु अर्जुन नै हुँनेछन्। चलचित्रलाई पहिलो पुष्पाभन्दा निकै नै राम्रो बनाइएको निर्माता टिमको दाबी छ। पुष्पा २ मा अभिनेता विजय सेतुपतिले पनि महत्वपूर्ण भूमिका निभाएको बताइएको छ। साथै अल्लु अर्जुनको साथ फहाद फाजिल र रश्मिका मन्दाना नै कायम रहेका छन्। चलचित्र २०२३ को अगष्ट महिनामा रिलिज गर्ने गरी तयारी भएको बताइएको छ।