केएमसीमा अनेरास्ववियू क्याम्पस कमिटीद्वारा वक्तृत्वकला प्रतियोगिता
कैलाली: अनेरास्ववियू कैलाली बहुमुखी क्याम्पस कमिटीले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ। गुणस्तरीय शिक्षामा सुधार हुने अपेक्षा र विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि कैलाली बहुमुखी क्याम्पसमा उक्त प्रतियोगिता आयोजना गरिएको बताइएको छ।
‘वर्तमान राजनीतिक परिवेशमा युवाको भूमिका’ भन्ने शिर्षकमा भएको प्रतियोगितामा लक्ष्मी खड्का प्रथम भएकी छिन्। यस्तै दोस्रो र तेस्रोमा क्रमश गौरी सिंह, कृष्ण साउद र करन ठकुन्ना भएका छन्। प्रतियोगितामा प्रथम हुनेले २ हजार ६ सय, दोस्रो हुनेले १ हजार ६ सय र तृतिय हुनेले ५ सय पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा नेकपा एकीकृत समाजवादी कैलाली जिल्ला कमिटी उपसचिव दीर्घ राज जोशी, कैलाली बहुमुखी क्याम्पस प्रमुख प्रा. डा. धर्मराज उपाध्याय र अनेरास्ववियू कैलाली जिल्ला संयोजक रमेशबहादुर बोहरा उपस्थित रहेका थिए।