डेउडा प्रतिष्ठान बाजुराको तदर्थ समिति गठन
धनगढी: डेउडा प्रतिष्ठानको बाजुरा जिल्ला तदर्थ समिति गठन भएको छ। प्रतिष्ठानको तदर्थ समिति अध्यक्षमा नन्दु रौले चयन भएका छन्। जिल्ला सदरमुकाम मार्तडीमा जिल्ला संयोजक प्रमिला थापा बिष्टको सभापतित्वमा भएको भेलाले रौलेको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति चयन गरेको बताइएको छ।
प्रतिष्ठानको उपाध्यक्षमा चक्र बोहरा, सचिवमा शंकर मल्ल, कोषाध्यक्षमा रोशनी रोकाया र सहसचिवमा मीन कार्की लाई चयन गरेको छ। त्यस्तै सदस्यमा सुना विक, धनबहादुर रावत, राजु बुढा (राईकला), जोगा ल्वारलाई चयन गरिएको बताइएको छ।