नायिका मिरुनाविरुद्ध काठमाडौं अदालतमा मुद्दा
काठमाडौं: नायिका मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। माफी नमागेको भन्दै बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बिहीबार गाली बेइज्जती र कुटपिटसम्बन्धी मु्द्दा दर्ता गराएका हुन्।
फुर्बाको उजुरीमा विगतको सहमति अनुसार मिरुनाले माफी माग्ने कुरा कार्यान्वयन नगरेको उल्लेख रहेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए। गत जेठ १५ गते फुर्वाले दुर्व्यवहार गरेको भन्दै मिरुनाले झापड हानेकी थिइन्। त्यसपछि उनले फुर्बालाई सिंहदरबार प्रहरी बृत्तमा थुनाएकी थिइन्। प्रहरीले फुर्वालाई थुनेपछि बौद्ध भिक्षु र बुद्धिस्ट समुदाय आन्दोलित भएका थिए। उनीहरुले कबड्डी–४ फिल्म प्रदर्शन रोक्नुपर्ने माग गरेका थिए।
तर त्यसपछि फिल्म निर्मातासहितका पक्ष र बौद्ध समुदायबीच सहमति भएको थियो।