जनताको स्वास्थ्य सुरक्षाका लागि २४ सै घण्टा सम्पर्कमा रहनेछौंः रवि लामिछाने
काठमाडौं: राष्ट्रिय स्वत्रन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछानेले देशलाई खोक्रो पार्ने हाँगाहरु मात्र समातिएको र त्यसका जराहरुलाई प्रमाणसहित सार्वजनिक गर्दै राज्यलाई दुर्घटनाबाट बचाउने बताएका छन्।
बिहीबार खैरहनी नगरपालिकामाआयोजित नगर सभाको सम्बोधन गर्दै लामिछानेले जनतालाई २४ सै घण्टा स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षाको प्रत्याभुति दिलाउन राष्ट्रिय स्वत्रन्त्र पार्टीको जन्म भएको बताए।
’पुराना राजनैतिक दलले गरेको भए हामी आउनु पर्ने थिएन, सञ्चार क्षेत्रमा रहँदा जनताको दुस्ख प्रत्यक्ष देखेको छु, त्यसैले दलको दलदलमा परेका नागरिकको उत्थानका लागि विकल्पमा, राष्ट्रिय स्वत्रन्त्र पार्टी लिएर आएका छौँ, जनता र उनीहरुको स्वास्थ्य सुरक्षाका लागि २४ सै घण्टा सम्पर्कमा रहनेछौं’ उनले भने ।