सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सबै जिल्लामा काँग्रेसले खटायो नेता, को-कहाँ ? 

२०७९ भदौ ७, ०६:१६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका सबै जिल्लामा नेपाली काँग्रेसले आगामी निर्वाचनलक्षित अभियानका लागि जिल्लामा पनि केन्द्रीय प्रतिनिधि खटाएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि खटाएको हो।

बाजुरामा अर्जुनजंगबहादुर सिंह, बझाङमा गोविन्दबहादुर शाह, डोटीमा नृपबहादुर वड, अछाममा रणबहादुर रावल, दार्चुलामा यज्ञराज जोशी, बैतडीमा रमेश लेखक, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा रामजनम चौधरी र कैलालीमा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको हो।

 पहिलो चरणमा भदौ १० गतेदेखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ। काँग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ। केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनु पर्नेछ। 

कमेन्ट लोड गर्नुस