सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा भेट्न ओली बालुवाटारमा

२०७९ भदौ ८, १०:३२ खबर संवाददाता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबिच भेट भएको हो।

आज दुई नेताबिच भेटने समय तय भएपछि ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस