सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको प्रदेश ‘ख’मा बोहराको नाम सिफारिस

२०७९ भदौ १६, ०१:५३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराको नाम प्रदेशसभा निर्वाचनका लागि सिफारिस भएको छ। आगामी प्रदेश सभा निर्वाचनका लागि डडेल्धुराको प्रदेश  ‘ख’ मा उम्मेदवार बन्नका लागि बोहराको नाम सर्वसम्मत सिफारिस भएको हो।

बिहीबार क्षेत्रिय समितिको बैठकबाट बोहराको नाम सर्वसम्मत जिल्ला समितिलाई सिफारिस भएकोनेपाली काँग्रेस प्रदेश ख का कार्यवाहक सभापति खडक बोहराले बताए।

कमेन्ट लोड गर्नुस