नागरिक उन्मुक्तिमा गएकै दिन रतन थापाले भनेः अर्बपति भएमात्रै एमालेमा टिकट पाइन्छ
धनगढीः नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका नेकपा एमालेका तत्कालीन अध्यक्ष रतन थापाले बाध्य भएर पार्टी छोड्नु परेको बताएका छन्। बिहीबार काठमाडौँमा उन्मुक्ति पार्टीमा प्रवेश गर्दै सुदूरपश्चिम प्रदेश सभाका सांसदसमेत रहेका थापाले आफूले पार्टी छोड्नुपर्ला भन्ने नसोचेको बताए।
‘मैले ३० वर्ष बसेर सेवा गरेको एमाले पार्टी छोडेको छु। म छोड्न बाध्य भएँ,’ उनले भने, ‘मैले सिंगो जीवन कार्यकर्ताको हैसियतमा एमालेलाई दिएँ । मैले कल्पना पनि गरेको थिइनँ कि छोडेर अन्त जाउला भनेर। तर आज छोडेको छु।’
एमाले बास्तविक श्रमजीवीको पार्टी नभइ धार्मिक गुरुको अनुयायीजस्तो भएको उनले टिप्पणी गरे। ‘एमालेमा अर्बपति आयो भने टिकट हातमा केन्द्रीय सदस्य साथमा हुन्छ। करोडका गाडीमा नेतालाई बोक्यो भने एमालेको नेता बन्छ,’उनले भने।